रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेट, युक्रेन युद्ध प्रति चीनको चिन्ता

उज्वेकिस्तानको समरकन्दमा आयोजित संघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ)को बैठकको दौरान भएको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ राष्ट्रपति सी जिनफिङले युक्रेन युद्धप्रति चिन्ता व्यक्त गरेका छन् ।

पुटिनले चिनियाँ राष्ट्रपति सीको युक्रेन संकटप्रतिको चिन्तालाई रुसले बुझ्ने बताएका छन् । राष्ट्रपति पुटिनले युक्रेनयुद्धमा ‘सन्तुलित नीति’ लिएकोमा चीनलाई धन्यवाद व्यक्त गरेका छन् । उनले ‘एक ध्रुवीय विश्व बनाउने अमेरिकी प्रयास’ असफल हुने बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले रुससँग ‘महाशक्ति’ जस्तो व्यवहार गर्न इच्छुक रहेको बताएका छन्।

चीनले युक्रेनमाथि रुसले गरेको आक्रमणको खुलेर समर्थन गरेको छैन तर मस्कोसँग व्पापार र सम्बन्ध भने बढाएको छ । यसअघि पुटिन र सीबीच बेइजिङ शीतकालीन ओलम्पिकका समयमा भेट भएको थियो ।

युक्रेनी सेनाको प्रत्याक्रमणमा रुसी सेनालाई पछि हट्न बाध्य भएको समाचारहरु आएको समयमा एससीओको बैठकको समयमा दुवै नेताबीच भेट भएको हो । सीलाई पुटिनले भने, ‘युक्रेन संकटमा चिनियाँ मित्रहरुको सन्तुलित नीतिको धेरै नै सम्मान गर्छौ र युक्रेनको अवस्थाको बारेमा चिनियाँ ‘प्रश्न र चिन्ता’लाई बुझ्छौं ।’

चीनको तर्फबाट जारी विज्ञप्तिको अनुसार पुटिनले ‘विश्वभर कैयौ परिवर्वतन भएपनि एउटा कुरा परिवर्तन भएको छैन त्यो रुस र चीनको मित्रता हो । रुस र चीनको समझदारी पहाड जस्तो मजबुत छ । रुस र चीन दुवै एउटा समान र राम्रो अन्तर्राष्ट्रिय अवस्था सिर्जना गर्नकालागि काम गर्ने’ बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर