असमका व्यक्तिको सम्बन्ध आतंकवादी संगठन अल-कायदासँग देखियो

भारत असमका एक व्यक्तिको सम्बन्ध आतंकवादी संगठन अल–कायदासँग रहेको खुलेको छ।

असम निवासी अख्तर हुसेन लश्करलाई प्रतिबन्धित आतंकवादी संगठन अल-कायदासँग सम्बन्ध रहेको र युवाहरूलाई कट्टरपन्थी बनाउने गरेको आरोपमा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

लश्करले युवाहरूलाई कश्मीर र अफगानिस्तानको खोरासान प्रान्तमा आतंकवादी तालिम लिन पठाउने षड्यन्त्र रचेको देखिएको द प्रिन्टले उल्लेख गरेको छ।

एनआईएको पहिलो सूचना रिपोर्ट (एफआईआर) ले लश्करले युवाहरूलाई धर्मको नाममा युद्ध गर्न पनि उक्साएको देखाएकाे छ।

असमको कछार जिल्लाको थेल्टिकर गाउँका बासिन्दा र हाल बेंंगलुरुको थिलकनगर क्षेत्रमा बसोबास गर्ने लश्कर सामाजिक सञ्जालमार्फत युवाहरूलाई कट्टरपन्थी बनाउने, भारतविरुद्ध देशद्रोह गर्न उक्साउने र साम्प्रदायिक हिंसा भड्काउने सम्बन्धी गतिविधिहरूमा संलग्न रहेको पाइएको छ।

‘लश्करले कट्टरपन्थी युवाहरूलाई कश्मीर र अफगानिस्तानको खोरासान प्रान्तमा आतंकवादी तालिम लिन र भारतविरुद्ध युद्ध लड्न पठाउने षड्यन्त्र रचेका थिए र आतंकसम्बन्धी काम गर्नका लागि अल–कायदा र अन्य संस्थाहरू र विदेशी देशहरूका ह्यान्डलरहरूसँग सम्पर्क राखेका थिए,’ एफआईरमा भनिएको छ।

लश्करसहित अब्दुल अलीम मण्डल उर्फ मोहम्मद जुबा, कुलटाली, गोदाबर, तांगराबिची, दक्षिण २४ परगना, पश्चिम बंगालका निवासी र हाल सलेम, तमिलनाडुमा बसोबास गर्नेविरुद्ध एफआईआर दायर गरिएको थियो। दुवैलाई भारतीय दण्ड संहिताका विभिन्न धाराहरू र गैरकानूनी गतिविधि (रोकथाम) ऐनको धारा १०, १३, १५, १६, १८ र २० अन्तर्गत मुद्दा दायर गरिएको थियो।

अनुसन्धानकर्ताहरूले अभियुक्त लश्करले युवाहरूलाई कश्मीर र अफगानिस्तानको खोरासान प्रान्तमा कट्टरपन्थी युवाहरूलाई आतंकवादी तालिम दिन पठाउने र धर्मको नाममा युद्ध गर्न उक्साउने षड्यन्त्र रचेको पत्ता लगाएका छन्।

अनुसन्धानकर्ताले लश्करले भारतमा विघटनकारी गतिविधि गर्न खोजेको दाबी गरेका छन्।

उनी साउदी अरब र अफगानिस्तानका संस्थाहरू र आतङ्ककारी गतिविधिहरूका लागि ह्यान्डलरहरूसँग सम्पर्क राख्दै आएका व्यक्ति रहेको अनुसन्धानकर्ताले बताएका छन्।

लश्करले भारतीय सेनाले कश्मीरमा मुस्लिमहरूमाथि अत्याचार गरिरहेको छ भनी प्रक्षेपण गरेर युवाहरूलाई भारतविरुद्ध युद्ध गर्न उक्साउनमा संलग्न रहेको खुलेको छ। उनले यसरी युवाहरूलाई भारतविरुद्ध देशद्रोह गर्न र भारतको सार्वभौमसत्तामा असर पु¥याउन उक्साएर भारतमा साम्प्रदायिक हिंसा सिर्जना गर्ने षड्यन्त्र गरेको एफआईआरमा उल्लेख छ।

एफआईआर अनुसार लश्करले बेंगलुरुबाट कश्मीर जाने योजना बनाएका थिए र प्रतिबन्धित आतंकवादी संगठन अल–कायदासँग जोडिएका थिए।

लश्करविरुद्ध आतंकवाद विरोधी एजेन्सीको बेंगलुरु शाखाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर