करिब १४ केजी चरेशसहित पर्साबाट तीन जना महिला पक्राउ

पर्सामा करिब १४ किलोग्राम लागुऔषध चरेशसहित तीन जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको महनहरी गाउँपालिका–८ घर भएका ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा छन् ।

उनीहरूलाई गत बुधबार बेलुका ७:३० बजे पर्साको पर्सा नगरपालिका–२ बागवानास्थित सडकखण्डबाट अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

जितपुरबाट मनवातर्फ जाँदै गरेको उनीहरू सवार ना२ ह३१८६ नम्बरको सार्वजनिक अटो चेकजाँच गर्दा उनीहरूले बोकेको झोलामा चरेश फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पक्राउ परेका तीन जनाको साथबाट १३ केजी ८ सय ग्राम चरेश बरामद भएको छ।

पक्राउ परेका उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *