सशस्त्र महानिरीक्षक अर्यालले निकाले एआईजी बढुवाको सूचना, यी हुन् प्रतिस्पर्धी

सशस्त्र प्रहरी बल नेपालले दरबन्दी थप भएको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सात दिने सूचना निकालेको छ । एआईजी बढुवा समितिका सदस्य सचिव सशस्त्र महानिरीक्षक राजु अर्यालले शुक्रबार सूचना निकालेका हुन् ।

सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम)अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् ।

सूचना अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (क) बमोजिम बढुवाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले साधारण समूह, साधारण उपसमूहतर्फका नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण–पत्रका प्रतिलिपिहरु संलग्न गरी निवेदन दिन भनिएको छ ।

सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि हाल बरियतामा अघि रहेका बंशीधर दाहाल र किशोर प्रधान रहेका छन् । जसमध्ये दाहाल हालका महानिरीक्षककै ब्याच र प्रधान भने प्राविधिकबाट हालै यता आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर