महारानी एलिजाबेथको अन्त्येष्टि: परराष्ट्रमन्त्री खड्का लन्डनमा, को को हुँदैछन् सहभागी

बेलायतकी महारानी एलिजबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लण्डन पुगेका छन् ।

सोमबार हुने अन्त्येष्टिमा विश्वभरबाट जम्मा भएका नेताहरुसँगै खड्का सहभागी हुने छन् । अन्त्येष्टिमा शाही परिवारका सदस्य तथा विश्वभर नेताहरुको उपस्थित रहने छ ।

बेलायतमा दशकौं पछि शाही परिवारका सदस्य तथा राष्ट्राध्यक्षहरुको ठूलो जमघट हुन लागेको हो । यसमा सहभागी हुनेहरुका लागि आमन्त्रण गरिएको थियो । महारानीको अन्त्येष्टी उपस्थितिका लागि राष्ट्राध्यक्षहरु र लब्ध प्रतिष्ठित अतिथि समेत ५ सय जनालाई बोलाइएको छ ।

अधिकांश नेताहरुलाई व्यवसायीक उडानबाट आउनका लागि भनिएको छ । लन्डन पुगेपछि उनीहरुलाई बसमा राखेर पश्चिम लन्डन लगिने छ । अन्त्येष्टि वेस्टमिन्स्टर ऐबेमा हुनेछ ।

त्यहाँ कम्तीमा पनि २ हजार २ सय मानिस उपस्थित हुनेछन् । महामारीको अन्त्येष्टीमा को आउनेछन् काे जान सक्दैनन भने पछिल्लो समय जानकारी गराइएको छ ।

बेलायती शाही परिवारका सदस्य, महारानीको मित्र तथा कर्मचारी, युरोपका राज परिवारका सदस्य, अमेरिकी राष्ट्रपति, राष्ट्रमण्डल देशका नेताहरु रहेका छन्।

रुस, बेलारुस, भेनेजुएला, सिरिया, म्यानमार र अफगानिस्तानलाई आमन्त्रण गरिएको छैन ।  महारानीको एलिजावेथको निधन सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बालमोरल दरबारमा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर