निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पठाए काममा फर्किने सूचना

सर्वोच्च अदालतका निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारबाट आफ्नो नियमित जिम्मेवारीमा फर्किने सूचना पठाएका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिका बहुमत सदस्यले निलम्बित प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव अघि बढाउने आधार र कारणसहितको प्रतिवेदन शनिबार साँझ सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउँदै गर्दा जबराले सर्वोच्च प्रशासनलाई काममा फर्किने सूचना पठाएका हुन् । सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसद महाभियोग प्रस्तावको पक्षमा रहेका छन् भने नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले उनीमाथि लागेको अभियोगमाथि थप छानविन हुनुपर्ने भन्दै फरक मत राखेका छन् ।
शनिबार साँझ रजिष्टार नारायण पन्थीलाई फोन गरेर आफू काममा फर्किने भन्दै त्यसैअनुसार आवश्यक व्यवस्था गर्न भनेका थिए । पन्थीले त्यस लगत्तै सर्वोच्चका न्यायाधीशसहित उच्च अधिकारीलाई जानकारी गराएका थिए ।
जबराले संसद समाप्त भएसँगै महाभियोग प्रस्ताव पनि समाप्त भएको तर्क गरेका छन् जबकी अन्य न्यायाधीश तथा नेपाल बार भने निलम्बन फुकुवा नभएको बताउँदै आएका छन् । सरकार पनि जबरा नफर्किउन भन्ने चाहन्छ र सर्वोच्च अदालत र बारको पक्षमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर