समानुपातिक उम्मेदवार छान्न छलफलमा जुट्यो कांग्रेस

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बनाउन तयारी थालेको छ ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्न आज बिहान ९ बजेदेखि कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल जारी रहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरका रूपमा छलफल गरिरहेको र दिउँसो २ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको औपचारिक बैठक बस्ने उनले बताए ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई यही असोज २ र ३ गतेको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर