एनएमबी बैंकका दुई नायब महाप्रबन्धकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा

एनएमबी बैंक लिमिटेडले दुई जना नायब महाप्रबन्धकको नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।

बैंकले भदौ ३१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

बैंकको ४३९औं बैठकले असोज ११ गतेदेखि लागू हुनेगरी नायब महाप्रबन्धकद्वय उपाध्याय र घिमिरेलाई बढुवा गरेको हो ।

उपाध्यायले बैंकमा व्यापार र रणनीति तथा घिमिरेले व्यापार प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर