
संविधान दिवसमा ६८१ जना कैदीबन्दीको सजाय मिनाहा, २१ जनालाई माफी

सरकारले आठौं संविधान दिवसका अवसरमा ६८१ जना कैदीबन्दीको सजाय मिनाहा गरेको छ। असल चालचलन भएका र तोकिएको कैद भुक्तान गरेका ती कैदीबन्दीको बाँकी कैद राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को ३१ भदौको बैठकले गरेको सिफारिसका आधारमा कट्टा गरिदिएकी हुन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासमेतका २०३ जना र ईन्द्रकुमार लिम्बुसमेतका ४७८ जना गरी जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय असोज ३ गते सोमबारदेखि लागू हुनेगरी मिनाहा गरिदिएकी हुन्।
यस्तै संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम महेन्द्रप्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय पनि माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया