एमालेले टुङ्ग्यायो समानुपातिक उम्मेदवार

नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फका उम्मेदवारहरू तय गरेको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली टुंगो लगाएको हो ।

जसअनुसार प्रतिनिधि सभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेश सभाका लागि २२० जनाको नामावली तय गरिएको छ । उम्मेदवारहरूकाे नामवाली सोमबार निर्वाचनमा आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२,खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (आठ महिला सात पुरुष), मधेसीतर्फ १७, (नौ महिला, आठ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिस) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको जानकारी दिए ।

त्यस्तै प्रदेश नम्बर १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा क्लस्टर सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ ।

लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् ।

सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् ।   छनोट गरेका नामहरूमा असोज १६ गतेसम्म फेरबदल हुनसक्ने एमालेले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर