नेपाली सेनाका यी १४ गण हुँदैछन् स्थानान्तरण

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले वार्षिक कार्ययोजना तथा हालै पुनर्गठित पृतना र सुरक्षा संवेदनशीताअनुसार देशभर रहेका १४ वटा गणहरू स्थानान्तरण गर्ने भएको छ।

पर्दाफासलाई प्राप्त विवरणअनुसार रुकुम पश्चिममा तैनाथ नरसिंहदल गण सिंहदरबार काठमाडौंमा, सुर्खेतको कपासे ब्यारेकस्थित नयाँ सबुज गण भरतपुर चितवनमा, सिन्धुपाल्चोकको चौतारास्थित गोरखबक्स गण अछामको मंगलसेनमा, सिन्धुलीस्थित बर्दबहादुर गण प्युठानको खलंगा ब्यारेकमा सारिने भएको छ।

अछामको मंगलसेनस्थित भवानीबक्स गण सिन्धुलीमा, काठमाडौं नारायणहिटीस्थित दुर्गाबक्स गण ओखलढुंगामा, प्युठानको खलंगा ब्यारेकस्थित इन्द्रध्वज गण चौतारा सिन्धुपाल्चोकमा, झापाको चारआली ब्यारेकस्थित नयाँ श्रीनाथ गण भोजपुरमा, सिंहदरबारस्थित चण्डीदल गण रुकुम पश्चिममा सारिनेछ।

यस्तै ओखलढुंगास्थित अरिदमण गण चारआली ब्यारेक झापामा, भरतपुर चितवनस्थित कालीबहादुर गण कपासे ब्यारेक सुर्खेतमा, पर्सा राष्ट्रिय निकुञ्ज आधारभार, बारास्थित सिद्धिबक्स गण सल्यानमा, भोजपुरस्थित फष्टरैफल गण काठमाडौं नारायणहिटीमा र सल्यानस्थित सबुज गण पर्सा राष्ट्रिय निकुञ्ज आधारभार, बारामा स्थानान्तरण गरिने सेनाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर