संविधान दिवशमा ९९३ जनालाई मानपदवी, अलङकार र पदक (सूचीसहित)

सरकारले संविधान दिवशका दिन ९९३ जनालाई मानपदवी, अलङकार र पदकबाट विभुषितगर्ने निर्णय गरेको छ । जसमा मानपदवी पाउने ७३६, अलङकार पाउने १७६ र पदक पाउने ८१ जना रहेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले संविधान दिवशका दिन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेशका सभापति शुशील कोइरालालाई मृत्युपरान्त नेपाल रत्नबाट सम्मान गरेको छ । सोमबार संविधान दिवशका दिन यसको औपचारिक घोषणा हुनेछ । यस्तै १ वैशाख २०८० मा कोइरालाका परिवारलाई राष्ट्पति बिद्यादेवी भण्डारीबाट हस्तानान्तरण हुनेछ ।

नेपालका ३७ औँ प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति रहेका कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए।

कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो।

उनका ६ भाइ र एक बहिनी जन्मेका थिए। वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो।

कोइराला विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय थिए ।

२०१७ मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए।

२०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशील २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए।
यस्तै यसपटकको राष्ट्र गौरब स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । यस्तै सुप्रशिद्ध प्रवल जनसेवाश्री संस्कृतीविद् डा जगतमान गुरुङ, प्रशिद्ध प्रवल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७ जना र सुप्रवल जनसेवाश्री १६५ जनालाई प्रदान गरिएको छ ।

यस्तै कीर्तिमय राष्ट्रदीप ६, प्रवल जनसेवाश्री ३२१, राष््ट्रदीप २ र जनसेवाश्री २०६ जनालाई प्रदान गरिएको छ ।

यस्तै अलङकारहरुमा राष्ट्र यशोवद्धक १०, परमपौरख भाष्कर २, नेपाल प्रतापभुषण ३६, नेपाल सेवा प्रविण २३, अति पौरख भाष्कर ८, नेपाल प्रताप आभुषण १९, समाजसेवा रत्न ३७, महापौरख भाष्कर १८ र नेपालप्रताप भुषण २३ जनालाई प्रदान गरिएको छ ।

यस्तै पदकहरुमा राष्ट्र सेवा पदक प्रथम श्रेणी ६, शिक्षाज्योती पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२ वीरता पदक ८, सौर्य पदक १, प्राकृतिक प्रकोप पीडतोद्धार पदक ७ र विकास पदक १६ जनालाई प्रदान गरिएको छ ।

हेर्नुहोस यसपटक मानपदवी, अलङकार र पदकबाट विभुषित हुनेहरुको सूची-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर