विश्व कूटनीतिमा भारतको बढेको कद: कैयौं बहुपक्षीय संगठनहरुको अध्यक्ष बन्दै

संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर बैठक शुक्रबार उज्बेकिस्तानी शहर समरकन्दमा सकियो ।

जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी थिए । भारतबाट हेर्ने हो भने यो महत्वपूर्ण हुने देखिन्छ किनभने आगामी वर्ष भारतले एससीओको अध्यक्षता गर्नेछ ।

सम्मेलन भारतमै हुनेछ । भारतको अध्यक्षतामा चीनले समर्थन गर्ने जनाइसकेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एससीओ अध्यक्षमा भारतलाई समर्थन गर्ने बताएका थिए । बैठकमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि एससीओको अध्यक्षताका लागि बधाई दिएका थिए ।
यी सबै घटनाक्रमहरुलाई नजिकबाट हेर्दै आएका कूटनीतिज्ञहरुले विश्वमा भारतको कद बढ्दै गएको बताएका छन्। भारतमा आगामी वर्ष एससीओको बैठक हुने छ भने कैयौ अन्तर्राष्ट्रिय संस्थाको अध्यक्षता गर्ने छ ।

के के जिम्मेवारी प्राप्त गर्दैछ ?

एससीओसँगै भारतले विश्वको २० वटा शक्तिशाली देशहरुको समूह जी २० को अध्यक्षताको जिम्मेवारी पनि यसै वर्ष प्राप्त गर्दैछ । त्यसको शिखर बैठक पनि आगामी वर्ष भारतमा आयोजना हुनेछ । कुटनीति क्षेत्रले यसलाई पनि महत्वपूर्ण घटनाको रुपमा हेरेको छ ।
समूह जी विश्वको सबैभन्दा ठूला २० वटा अर्थतन्त्रको समूह हो । भारत त्यसको अध्यक्ष १ डिसेम्बर २०२२ मा हुनेछ र त्यो अर्को वर्षको नोभेम्बर मसान्तसम्म जारी रहेनछ ।

जी २० को अध्यक्षता गर्ने देशसँग कुनै पनि देशलाई अथिति राष्ट्रको रुपमा सम्मेलनमा आमन्त्रण अधिकार हुन्छ । भारतीय विदेश मन्त्रालयले भारतले जी २० को सम्मेलनमा बंगलादेश, मोरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर र संयुक्त अरब इमरेट्स (युएई)लाई आमन्त्रण गर्ने जनाएको छ ।

एससीई र जी २० को साथै भारतले संयुक्त राष्ट्र संघमा पनि महत्वपूर्ण भूमिका प्राप्त गर्दैछ । संयुक्त राष्ट्र संघ एउटा सबै थाहा पाएको नाम र वैश्विक संगठन हो र सुरक्षा परिषदको शक्तिलाई सबै देशले मानेको छ । सुरक्षा परिषदको अध्यक्षता पनि भारतले प्राप्त गर्दैछ । यसै वर्षको अन्त्यसम्ममा भारतले यो जिम्मेवारी प्राप्त गर्ने छ । डिसेम्बर २०२२ मा भारत सुरक्षा परिषदको अध्यक्ष हुनेछ । भारत सुरक्षा परिषदको अस्थायी सदस्य हो ।

यसको साथै विश्वको प्रमुख ७ शक्तिशाली देशहरुको समूह जी ७ मा पनि भारत सहभागी हुने विषयमा चर्चा चल्ने गरेको छ र यसमा खासै सफलता भने प्राप्त गर्न सकेको छैन । तर यसै वर्ष भारतले यो संगठनमा पनि आफ्नो महत्वपूर्ण उपस्थिति देखाउन सफल भयो । यसै वर्षको जूनमा जर्मनीमा भएको जी ७ शिखर बैठकमा भारतलाई अथितिको रुपमा आमन्त्रण गरिएकाे थियो ।

वैश्विक कुटनीति क्षेत्रमा भारतको भूमिका

कैयौं अन्तर्राष्ट्रिय संगठनहरुमा भारतले अध्यक्षता पाउनु एउटा ठूलो कुटनीतिक जीतको रुपमा हेरिएको छ । के ठानिदैछ भने भारतले यसको माध्यमबाट एउटा ठूलो कुटनीतिक छाप विश्वमा छाड्ने छ । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगलाले पछिल्लो केही वर्ष यता विश्वमा भारतको भूमिका महत्वपूर्ण बन्दै गएको बताएका छन् । एससीओ, जी २० र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा अध्यक्षता प्राप्त गर्नु त्यसैको संकेत भएको उनले बताए ।

‘त्यसले पनि भविष्यमा विश्वमा भारतले कस्तो भूमिका निर्वाह गर्छ भन्ने देखाउँछ । यसले भारतलाई यस्तो भूमिका दिनुको पछि कैयौं कारण रहेको छ,’ श्रृंगलाले भने । उनले भारतमा पछिल्लो समयमा १ खर्ब ५० अर्ब अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लागानी, ६० प्रतिशत जनसंख्या युवा  र विदेश मुद्राको सञ्चिती ६ खर्ब अमेरिकी डलर रहेको र आगामी वर्षमा ९ प्रतिशत आर्थिक वृद्धि रहेको बताए ।

‘यसै वर्षको अन्त्यमा भारतले जी २० को अध्यक्षता प्राप्त गर्ने छ । जी २० विश्वको कुल ग्राहस्थ उत्पादनको ८० प्रतिशत अंश रहेको छ । अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत र जनसंख्याको ६० प्रतिशत प्रतिनिधित्व गर्छ,’उनले भने ।

भारतमा पाकिस्तानको उच्चायुक्त रहेका अब्दुल बासितले पनि भारतको कुटनीतिक शक्ति निरन्तर रुपमा बढेको बताएका छन् । तर भारतले आफूलाई विकसित देशका रुपमा उभ्याउनका लागि अझै दशकौ लाग्ने बताएका छन् । बासितले भारतमा करोडौं मानिस अहिले पनि गरिबीको रेखामुनी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *