टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइडको आयोजना

लोकप्रिय दुईपांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा आफ्ना ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप (एओजी)’ रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । असोज १ गतेका दिन सुर्खेतदेखि वीरेन्द्रनगर–१४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइडअन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रमअन्तर्गत राइडमा भ्लगर प्रज्ज्वल बस्नेत र रूपेश विकलगायतको सहभागिता थियो । उनीहरूले सुर्खेतमा टीभीएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे । उनीहरूले राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारीसमेत मिलेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै विकले भने, ‘यो हाम्रो लागि गर्वको कुरा हो । पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु ।’

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगढीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरूले यसलाई मन पराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर