संविधान दिवसमा मानपदवी, अलंकार र पदकबाट सम्मानित हुने यी हुन् सैन्य अधिकारी र जवान

सरकारले आठौं संविधान दिवसका अवसरमा राष्ट्रिय सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन, शान्ति सेना र जोखिमपूर्ण कार्यमा संलग्न रहेर उच्च तहको कार्यसम्पादन गर्ने नेपाली सेनाका उपरथी अशोकराज सिग्देल र पाइलट उपरथी आशिषनरसिंह राणासहित बिल्लादारसम्मलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको नाम घोषणा गरेकी हुन् । यसरी सम्मानित हुनेहरूमा उपरथी, सहायक रथी, महासेनानी, सेनानी, उपसेनानी, जमदार र सिपाहीहरू रहेका छन् ।

यी हुन् पदक पाउने सैन्य अधिकारीदेखि जवानसम्म :

मानपदवीतर्फ

सुकीर्तिमय राष्ट्रदीप – अवकाशप्राप्त उपरथी नरबहादुर कँडेल,

सुप्रबल जनसेवाश्री – उपरथी अशोकराज सिग्देल, उपरथी आशिष नरसिंह राणा, सहायक रथीहरू कृष्णदेव भट्ट, सुदर्शन सिल्वाल, चोकबहादुर ढकाल, कुमारबाबु थापा, प्रकाश देउजा, यामबहादुर सापकोटा, कृष्णबहादुर जीसी, किरण केसी र गौरवकुमार केसी, प्राविधिक सहायक रथीहरू डा। भुवनराज कुँवर, गजेन्द्रनाथ कर्माचार्य र डा। रत्ना अधिकारी खत्री, महासेनानीहरू अनुपविक्रम राणा, उज्ज्वल थापा र महासेनानी पाइलट सुवास थापा

प्रबल जनसेवाश्री – प्रमुख सेनानीहरू विश्वनाथ तिमिल्सिना, विजय भण्डारी, अर्जुन दुलाल, निर्मलकुमार श्रेष्ठ र मिलन थापा, सेनानीहरू समीरबहादुर बस्नेत, किशोर अधिकारी र सुष्मिता थापामगर

जनसेवाश्री – प्युठ स्वर्गीय अनिल गरुङ

अलंकारतर्फ

अति पौरख भाष्कर – महासेनानी हरिबहादुर चौहान, प्राविधिक महासेनानी अजयराज भण्डारी, प्रमुख सेनानीहरू अर्जुन अधिकारी, संगीत पुन, विजयदेव कुँवर, उमेश श्रेष्ठ, उत्तम थापा र प्रकाशबहादुर सिंह

महापौरख भाष्कर – प्रमुख सेनानीहरू दिनेश बानियाँ, बरुण केसी, सगुन शमशेर जबरा र नकुल थापा, सेनानीहरू कमानसिंह गुरुङ, चन्द्रध्वज चन्द, भूदीपराज कँडेल, आसीना कर्की र जनार्दन सिल्वाल, सहसेनानीहरू झकेन्द्रकुमार घले गुरुङ, सुवर्ण कुमाई, सुमनविक्रम शाह र हेमलाल तामाङ, सुवेदारहरू हेमबहादुर थापा र रमेश पौडेल, जमदारहरू लोगेन्द्रबहादुर खड्का र नारायण चौधरी, सिपाही रेशम वाग्ले

परम पौरख भाष्कर – प्रमुख सेनानीहरू निकल कुँवर र चन्द्रशेखर काप्री

पदकतर्फ

सगरमाथा पदक – सहसेनानीहरू अनुपसिंह भण्डारी, राजु श्रेष्ठ, गणेश कार्की र जितेन्द्र कार्की, प्रमुख सुवेदार कृष्णभक्त पौडेल, अमल्दार देवीप्रसाद न्यौपाने, सिपाहीहरू खिमलाल वली, अमित थापा र कविराज घर्तीमगर

सुकीर्ति पदक – अमल्दारहरू महावीर भुजेल, जीवन थारू र तीलकबहादुर देउजा, प्युठ कल्पना परियार, सिपाही जयरानी थारू

वीरता पदक – सेनानी सविन रायमाझी, सहसेनानी बाबरप्रताप शाह, उपसेनानीहरू प्रवेश विष्ट र मंगल श्रेष्ठ, जमदार प्रमोद कार्की, अमल्दारहरू खबिलाल सुनार र सरोज निरौला

प्राकृतिक प्रकोप पीडितोद्धार पदक – जमदार गोविन्दकुमार कार्की, हुद्दाहरू यज्ञबहादुर गुरुङ र महेन्द्रकुमार शाह, सिपाहीहरू मनोज नेपाली, गजेन्द्र राउत र दीपेन्द्र सुनार

विकास रत्न पदक – प्राविधिक सेनानी रञ्जना कँडेल र जमदार माधव पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर