सैनिक कमाण्ड तथा स्टाफ तालिम वैशाखबाट, प्रवेश परीक्षा सञ्चालन समिति गठन

नेपाली सेनाले सैनिक कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षा सञ्चालन समिति गठन गरेको छ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २०८० वैशाख १ गतेबाट सञ्चालन हुने सिल्सिलेवार संख्या ३० कमाण्ड तथा स्टाफ तालिमको प्रवेश परीक्षा यही असोज दोस्रो साताबाट सञ्चालन हुँदैछ। उक्त प्रवेश परीक्षा सञ्चालनका लागि सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी सन्तोष ढकालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा नेपाली सैनिक प्रतिष्ठानका शिक्षाध्यक्ष सहायक रथी अनुपजंग थापा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी सुन्दरकुमार पाण्डे, नं. १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णुकुमार खड्का, विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी पदमबहादुर बुढा, नं. १३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी द्रव्यराम भण्डारी, मध्यकमाण्ड हेडक्वार्टर (काज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान)का महासेनानी बबी चन्द सदस्य छन्।

यस्तै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपति महासेनानी दिलविक्रम सुब्बा, निरीक्षण निर्देशनालयका महासेनानी चुलेन्द्रबहादुर थापा, नं. १४ बाहिनी अड्डाका महासेनानी मनोज थापा, नं. १६ बाहिनी अड्डाका महासेनानी सन्तोष कार्की, नं. १५ बाहिनी अड्डाका महासेनानी भीमशंकर वन सदस्य र सैनिक तालिम महानिर्देशनालयका महासेनानी भूमिभक्त बराल सदस्य सचिव रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर