काठमाडौंको न्यूरोड शाखामा हिमालयन बैंकको ‘नगद डिपोजिट मेसिन’

हिमालयन बैंकले काठमाडौंको न्यूरोड शाखामा नगद डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।

सो क्यास डिपोजिट मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा सहजै आफ्नो खातामा रकम जम्मा गर्न तथा झिक्न सक्नेछन् । सो मेसिनबाट रकम जम्मा गर्दा एटीएम कार्डको प्रयोगबिना सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् ।

हिमालयन बैंकको यस सुविधाले आफ्ना ग्राहकलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर