अमेरिकासँग बन्दीहरू आदानप्रदान गर्न इरान तयार : प्रवक्ता

अमेरिकासँग आफ्ना बन्दीहरू आदानप्रदान गरी रिहा गर्न इरान तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले आफूहरू अमेरिकासँग बन्दीहरू आदानप्रदान गर्न तयार रहेको जानकारी दिएका हुन् ।

इरानी समाचार समिति, इस्नासँग उनले भनेका छन्– ‘हामी अमेरिकासँग बन्दीहरू आदानप्रदान गर्न पहिले पनि तयार थियौं र अहिले पनि हामी तयार नै छौं ।’

उनले यसका लागि अमेरिकासँग विभिन्न समय र विभिन्न तरिकाबाट कुराकानी भएको जानकारी गराए । यस विषयमा केही समयअघि भियनामा भएको आणविक वार्ताका क्रममा अमेरिकासँग आवश्यक मात्रामा छलफल भएको जानकारी पनि उनले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर