गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित  कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

उनी सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी रहेको प्रहरीले जनाएको छ । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

गोली प्रहार गर्ने व्यक्ति फरार छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ।

सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको छ । ५५ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर