गोठाटारमा गाेली हानेर सर्लाहीका व्यवसायीकाे हत्या (घटनास्थलको भिडियो)

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली हानेर एक व्यवसायीकाे हत्या भएकाे छ।

सर्लाहीको हरिवन नगरपालिका–२ का घर भई गाेठाटारमै गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीकाे हत्या भएकाे हाे।

सोमबार साँझ अज्ञात व्यक्तिको गोली प्रहारबाट उनी घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको बताइएकाे छ।

जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ।

दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।मोहम्मद बा ६ च ५१५२ नम्बरको गाडीमा आएका थिए।

गाडी रोकेर ओर्लिनेबित्तिकै उनीमाथि गोली प्रहार भएको रामप्रसाद गौतमले बताए।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन।

गोली प्रहार गरेपछि फरार रहेका व्यक्तिको खोजी भइरहेको छ। पल्सर मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा नै फरार भएकाले खोजी भइरहेको छ। दुई जनाले‍ गोली चलाएको खुलेको छ। तर, बाइकमा जाँदा भने तीन जना गएको प्रत्यक्षदर्शीले जानकारी दिए।

हेर्नुहाेस् घटनास्थलकाे भिडियाे :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *