अमेरिकामा कोभिड महामारी अन्त्य

अमेरिकामा कोभिड संक्रमितको मृत्यु भइरहेको भएपनि राष्ट्रपति जो बाइडेनले महामारी अन्त्य भएको घोषणा गरेका छन् ।

बाइडेनलले अमेरिकामा अझै समस्या रहे पनि परिस्थितिमा तीव्र गतिमा सुधार हुने अपेक्षा लिएको बताए । तथ्यांकहरुले भाइरसको कारण औषतमा दैनिक ४ सय जनाभन्दा बढीको मृत्यु भैराखेको देखाएको छ । गत साता मात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारी अन्त्यको नजिक पुगेको जनाएको थियो ।

सीबीएस टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति बाइडेनलले भाइरस नियन्त्रणका लागि अझै काम गर्न बाँकी रहेको बताएका थिए ।

‘डेट्रोइट अटो सो’मा समेत छायाँकन गरिएको सो अन्तर्वार्तामा उनले अटो सोमा कोही पनि व्यक्तिले मास्क नलगाएकाे विषयलाई उठाएका थिए ।

गत अगस्टमा मात्रै अमेरिकी अधिकारीहरुले ‘कोभिड १९ सार्वजनिक स्वास्थ्य आपतकाल’लाई अक्टोबर १३ सम्म बढाएका थिए । त्यो सन् २०२० जनवरीबाट सुरु भएको थियो ।

यसबीचमा अमेरिकाका १० लाखभन्दा बढीको कोभिड संक्रमणबाट मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविश्वविद्यालयकाे तथ्यांकअनुसार एक सातामा औषत ४ सय जना भन्दाको मृत्यु भएको देखाएको छ । एक सातामा ३ हजार जनाको मृत्यु भएको थियो । सन् २०२१ मा अमेरिकामा एक साताको अवधीमा २३ हजार जनाको मृत्यु भएको थियो । अमेरिकामा ६५ प्रतिशत जनाले मात्रै पूर्ण मात्राको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *