समानुपातिकमा पहुँचवालाको हालीमुहाली

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रमुख राजनीतिक दलले ‘पहुँचवाला’हरुलाई उम्मेदवार बनाएपछि विरोध हुन सुरु भएको छ ।

कमजोर वर्गलाई राज्यमा सहभागिता वृद्धीका लागि समानुपातिकको व्यवस्था गरेपनि लामो समयदेखि पार्टी सत्ता र राज्य सत्तामा रहेकाहरुको नाम परेको छ । जोसँग प्रत्यक्षतर्फ निर्वाचन लड्नका लागि साधान र स्रोतको कुनै कमी रहेको छैन ।

पूर्व सभामुख, प्रधानमन्त्रीको उत्तराधिकारीको रुपमा चर्चा गरिएका नेतृ, पार्टीमा महत्वपूर्ण जिम्मेवारी रहेका, पूर्वमन्त्रीहरु,पूर्व संसाद, पूर्व राजदूतसम्मका व्यक्ति समानुपातिक सूचीमा रहेका छ्न ।

माओवादीबाट पूर्व सभामुख कृष्णबहादुर महरा, सुदुर पश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व उप प्रधानमन्त्रीहरु गोपालमान श्रेष्ठ र बिमलेन्द्र निधि, राप्रपाका नेताद्वय पशुपति शमशे जबरा र प्रकाशचन्द्र लोहनी, प्रधानमन्त्री पत्नि आरजु देउवा, कांग्रेसका प्रवक्ता प्रकाशशरण महत,सह महामन्त्रीद्वय फर्मुल्ला मन्सुर र जीवन परियार, पूर्व मन्त्री गंगालाल तुलाधार, पूर्व राजदूत प्रमेश हमाल, एमालेबाट स्थायी कमिटीका सदस्य तथा पूर्व सांसद रघुजी पन्त सहितका नेताहरुले समानुपातिको सुरक्षित बाटो रोजेका छन् ।

प्रधानमन्त्री पत्नि तथा कांग्रेसकी केन्द्रीय सदस्य देउवा तेहेर्‍याएर सो सूचीमा परेकी हुन् । दुवै संविधानसभामा राणा समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन् । कतिपयले राणालाई प्रधानमन्त्री देउवा उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै आएका छ्न ।

राणाको नाम ५ निर्वाचन क्षेत्रबाट सिफारिस गरिएको थियो । उनी कैलाली ५ बाट उठ्ने पक्कापक्की जस्तै थियो । उनी २०७४ सालमा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । कांग्रेसमा पुष्करनाथ ओझा समूहले असहयोग गरेपनि माओवादीको निर्णायक मत उनको साथ थियो ।

माओवादी खुला राजनीतिमा आएदेखि नै निरन्तर रुपमा पदमा पुग्ने नेतामा महरा पर्दछन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा दाङ २ बाट विजयी भएका महराले अन्तिम पटक भन्दै समानुपातिकको सहज बाटो रोजेका हुन् ।

स्याङ्जाबाट पटकपटक चुनाव जितेका श्रेष्ठ गत चुनावमा भने पराजित भएका थिए । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकट स्याङजाका धनाढ्य नेता श्रेष्ठ पार्टी र सरकार दुवै पर्याप्त अवसर प्राप्त गरेका नेतामा पर्छन् । उनी कांग्रेसको उप सभापति भएका नेता हुन् ।
निधि पनि धेरै चुनावमा जितेका मन्त्री भएका नेता हुन् ।

मधेशका प्रमुख नेता मध्ये पर्ने निधि उप प्रधानमन्त्रीसहितको जिम्मेवारी प्राप्त गरेका छन् । सुदुर पश्चिमका मुख्यमन्त्री बनेर ५ वर्ष कार्यकाल पुरा गर्न लागेका भट्टलाई माऔवादी केन्द्रले समानुपातिक सूचीमा राखेको छ । डोटीका भट्टको निर्वाचन क्षेत्रमा टिकटका लागि कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर