निर्वाचन खर्च नबुझाउने पाँच महानगरका मेयरलाई जनही साढे सात लाख जरिवाना

निर्वाचन आयोगले पाँच वटा महानगरपालिकाका मेयरलाई साढे सात लाख रुपैयाँका दरले जरिवाना गरेको छ।

स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएका महानगरका मेयरलाई आयोगले साढे सात लाख रुपैयाँका दरले जरिवाना गरेको हो। देशभरका ६ महानगरमध्ये ललितपुरका मेयर चिरिबाबु महर्जनले मात्रै खर्च विवरण बुझाएका हुन्।

खर्च विवरण नबुझाउने काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन), विराटनगर महानगरका मेयर नागेश कोइराला, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, भरतपुर महानगरकी मेयर रणु दाहाल र पोखरा महानगरका मेयर धनराज आचार्यले साढे सात लाखका दरले जरिवाना बुझाउनुपर्नेछ।

आयोगले निर्वाचन खर्च विवरण बुझाउन सूचना प्रकाशित गरेको थियो। तर, उनीहरूले त्यसको बेवास्ता गरेपछि आयोगले जरिवाना तोकेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर