राष्ट्रपतिबाट संविधान दिवसमा सम्मानित हुने यी हुन् सशस्त्र प्रहरीका अधिकारी र जवान

सरकारले सशस्त्र प्रहरी बल, नेपालका विभिन्न तहका ५४ जना कर्मचारीलाई विभूषित गरेको छ।

आठौं संविधान दिवसको अवसरमा उनीहरूलाई मानपदवी, अलङ्कार र पदक प्रदान गर्ने राष्ट्रापति विद्यादेवी भण्डारीले घोषणा गरेकी हुन्। विभूषण प्राप्त गर्ने सशस्त्र प्रहरीका अधिकांश कर्मचारी दुर्गममा कार्यरत रहेका छन्।

विभूषण सिफारिसका लागि यसपटक मुख्यालयले १५ सदस्यीय समिति गठन गरेको थियो । समितिले संगठनमा उत्कृष्ट कार्य गर्ने कर्मचारी र विशेष गरी दुर्गममा लामो समय कार्यरत र उद्दारलगायतका कार्यमा उत्कृष्ट काम गर्ने कर्मचारीको नाम छनोट गरेको थियो। जुम्ला, डोल्पा , छाङ्रु , मुगु, ओलाङ्चुङ्गोला , किमाथाङ्कालगायतका दुर्गम जिल्लामा लामो समय कार्यरत बिल्लादार, जवान तथा परिचरहरूको छनोट भएअनुसार उनीहरू विभूषित भएका छन्। यस्तै अन्य दर्जाको समेत समितिले छनोट गरेअनुसार नै मुख्यालयले नाम सिफारिस गरेको थियो।

यी हुन् विभूषित हुने सशस्त्र प्रहरीका अधिकारी र जवानहरू :

मानपदवीतर्फ
सुप्रबल जनसेवाश्री – सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदी
प्रबल जनसेवाश्री – सशस्त्र प्रहरी उपरीक्षकहरू नेत्रबहादुर कार्की, रूपकुमार क्षेत्री, विकास घिमिरे, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सुमित्रा थापा, सशस्त्र प्रहरी नायब उपरीक्षकहरू खगेन्द्रबहादुर चन्द, रबिन भुजेल, आनन्द थापामगर, सरोजसिहं बस्नेत, सन्तोषबहादुर सिंह, वासुदेव लोहनी, लिलाबहादुर कार्की, प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक इन्जिनियर सौरभराज वन्त

जनसेवाश्री – सशस्त्र प्रहरी सहायक हवल्दारहरू बालकृष्ण बस्नेत र रामशरण थापा, सशस्त्र प्रहरी जवान युवराज थापा

अलंकारतर्फ
नेपाल प्रताप सुुभूषण – सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री, सशस्त्र प्रहरी उपरीक्षकहरू भरत खनियाँ, विकास घिमिरे र टोपबहादुर खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षकहरू निर्मल कार्की, भुवनराज पन्त र महेन्द्र हमाल, सशस्त्र प्रहरी निरीक्षकहरू सुदर्शन अर्याल, जयराम बस्नेत, विकास खतिवडा, ओमबहादुर काफ्ले, सुनिता शर्मा, धनराज बूढाथोकी र सूरज बस्नेत

नेपाल प्रताप आभूषण – सशस्त्र प्रहरी नायब निरीक्षकहरू विश्वराज कुँवर क्षेत्री, नरेन्द्र थापा, भीमबहादुर महत, विकास खड्का र अनिल नकर्मी
नेपाल प्रताप भूषण – सशस्त्र प्रहरी वरिष्ठ हवल्दार रेशमबहादुर भारती, सशस्त्र प्रहरी हवल्दारहरू प्रमिला रिजाल, भरत थापामगर, जनकसिंह धामी, प्राविधिक सशस्त्र प्रहरी हवल्दार टीकाराम पोखरेल, सशस्त्र प्रहरी सहायक हवल्दारहरू डिल्लीसागर अधिकारी, रिञ्जिन जुमिक भोटे, प्रेम दर्लामी र तिलकबहादुर बस्नेत, सशस्त्र प्रहरी जवानहरू सुजन ढकाल, तिलक लामा, पदम सापकोटा, विजय खत्री, दिनेश मुडभरी, नवराज श्रेष्ठ र वसन्त बस्नेत

पदकतर्फ
राष्ट्रसेवा पदक प्रथम श्रेणी – सशस्त्र प्रहरी परिचरहरू सेवकराम मौर्य र भुनेश्वर मण्डल
प्राकृतिक प्रकोप पीडीतोद्धार पदक – सशस्त्र प्रहरी नायब उपरीक्षक अरूणकुमार शर्मा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर