काठमाडौंमा नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। सुनसरीको देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालेलाई ज्याकेटको खल्तीमा लुकाएर ल्याएको उक्त नोटसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर