गोठाटार गोलीकाण्डको अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन

काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर सर्लाहीका व्यवसायीको हत्या भएको घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो।

सोमबार साँझ कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली हानेर सर्लाहीको हरिवन नगरपालिका–२  घर भई गोठाटारमै गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या भएको थियो। प्रहरीले यस घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरेको हो।

यसको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौ र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अधिकारीहरू रहनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर