याैनजन्य घटनाका अभियुक्तलाई अपराधीसरह टिप्पणी नगर्न माग गर्दै सर्वाेच्चमा रिट

यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टीका टिप्पणीविरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट निवेदन दर्ता भएको छ ।

कानून सङ्कायका विद्यार्थी रेजीना पौडेलसमेतका तर्फबाट अधिवक्ता किशोर पौडेललगायतले दर्ता गरेकाे निवेदनमा व्यक्तिको गोपनीयताको हकको संरक्षण गर्दै अभियुक्तलाई अपराधीसरह लाञ्छित गर्ने गरी भएका टीका टिप्पणी कानूनसम्मत नहुने जिकिर गरिएको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाई दर्ता भएकाे साे रिटमा परमादेश/प्रतिषेधलगायत अन्य आवश्यक उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर