नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको ठहर

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष निकालेको हो।

बैठकमा संघीय संसद्ले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।

संघीय संसद्को दुवै सदनबाट दुई–दुई पटक बिना संशोधन पारित भएर दोस्रो पटक प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइएको थियो। विधेयक प्रमाणीकरण गर्ने मंगलबार अन्तिम म्याद थियो। संवैधानिक व्यवस्थाअनुसार उनले विधेयक प्रमाणीकरण गर्नुको विकल्प नभए पनि मध्यरातसम्म राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरिनन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा अहिले समर्थन र विरोध दुवै भइरहेका छन्। केहीले उनले संविधानको उल्लंघन त केहीले देशको रक्षा गरेको बताइरहेका छन्।

सत्ता गठबन्धन बैठकपछि जारी गरिएकाे विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर