सेनाले सिँगार्‍याे मिर्चैयाको हिलपार्क

नेपाली सेनाले भौतिक संरचना निर्माण गरेर सिरहाको मिर्चैैया नगरपालिका–६ स्थित हिलपार्क सिँगारेको छ।

मधेश प्रदेश सरकार र नेपाली सेनाको नं.९ बाहिनी अड्डाको सहकार्यमा नं.१ वन तथा पर्यावरण सुरक्षा गणले जय बजरंगगबली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको हिलपार्कको मुख्य प्रवेशद्वारमाथि फलामे अक्षरमा ‘वेल्कम टू मिर्चैया हिलपार्क’ लेखेको छ।

यस्तै २२० खुड्किला र सोको दायाँबायाँ फलामको रेलिङ निर्माण गरेको छ।

सो संरचना सोमबार गणका गणपति प्रमुख सेनानी निरन बस्नेतले मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवलाई हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर