संविधान मिचेको भन्दै बानेश्वरमा राष्ट्रपति भण्डारीको पुत्ला दहन

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको र संविधान मिचेको भन्दै देशव्यापी आन्दोलनको तयारीमा रहेको अखिलले बुधबार दिउँसो काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको गेट अगाडि पुत्ला जलाएको हो।

अखिलका केन्द्रीय समिति संयोजक पवन कार्कीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सोही क्याम्पस कमिटीका अध्यक्ष सम्राज राई, बानेश्वर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मुकेश बुढालगायतको उपस्थिति रहेको थियो।

प्रदर्शनकारीहरूले ‘विद्या तिमी को हौ चिन्दैनाैं, शीतल निवास राख्दैनौं’, ‘व्यवस्थापिका सर्वोच्चता कायम गर’,‘संवैधानिक स्वतन्त्रता कायम गर’,‘हामी केही जान्दैनौैं, राष्ट्रपति मान्दैनौं’लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर