सडक सुरक्षाका लागि प्रदेश १ सरकारले दियो प्रहरीलाई मोटरसाइकल

प्रदेश नं. १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटिङ मोटरसाइकल हस्तान्तरण गरिएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए ।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीलाई मजबुत बनाउनुपर्नेमा जोड दिए । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई स्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स–साना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने बताए ।

मन्त्री कार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सीसी क्यामेरा जडान गरिरहेको बताए । ‘मेची, कोशी तथा रानी, धरान खण्डमा सीसी क्यामेरा जडानको अभियानमा छौं,’ उनले भने, ‘प्रविधिमैत्री निगरानी भएमा अपराधी उम्कन पाउँदैन ।’

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरिले सरकारलाई धन्यवाद ज्ञापन गरे ।

ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत भएको उनको भनाइ छ । मोटरसाइकल वितरण अगाडि प्रदेशको सडक सुरक्षाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर