एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल

भने- ‘पद र जिम्मवारी मेरो कार्यसम्पादन र अनुभवका आधारमा पाउँला नि’

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। पर्दाफाससँगको कुराकानीमा उनले आफू एमाले प्रवेश गर्न लागेको पुष्टि गरे।

‘म कुनै पदको लालसाले राजनीतिमा प्रवेश गर्न लागेको होइन, मेरो कार्यसम्पादन र अनुभवअनुसार उचित स्थान पाउनेमा ढुक्क छु,’ खनालले  भने।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने छन् ।

ओली निकट स्रोतका अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिने समेत बताएको बुझिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर