नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमका बीच उनलाई एमालेमा स्वागत गरे।

एमालेमा प्रवेश गर्दै खनालले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताएका छन्।

’मैले ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिका । मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ । अध्यक्ष कमरेडकाे राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरे,’ उनले पार्टी प्रवेश कार्यक्रममा भने।

यअसघि बुधबार पर्दाफाससँगको कुराकानीमा उनले आफू कुनै पदको लालसाले राजनीतिमा प्रवेश नगरेको र आफ्नो कार्यसम्पादन र अनुभवअनुसार उचित स्थान पाउनेमा विश्वस्त रहेको बताएका थिए।

खनाललाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुअघि बुधबार अफ्नै निवासमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिने समेत बताएको एमाले निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर