रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपति जेलेन्सकीको माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा उनले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग गरेका हुन्।

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौं मानिसको मृत्यु भएको र लाखौं विस्थापित भएको उनले बताएका छन्। ‘रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,’ उनले भने।

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनुपर्ने उनको भनाइ छ।

रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौं मानिसको आत्माले शान्ति पाउने उनले बताए।

रुसले आफ्नो देशमा आंशिक रूपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गरेका हुन्।

रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको संख्यामा पनि वृद्धि गरेको छ।

अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ। महासभा यही सेप्टेम्बर २७ सम्म चल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *