काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस दुर्घटना : ७ को मृत्यु, १७ घाइते

काठमाडाैंबाट हेटाैंडा जाँदै गरेकाे यात्रुबाहक बस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेकाे छ। दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ। अन्य १७ जना घाइते छन्।

भीमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर