नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दर्ता भएका छन्।

राष्ट्रपति भण्डारीले नागारिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक दायित्व पूरा नगरेको भन्दै प्रमाणीकरणका लागि परमादेश जारी गर्न मागसहित बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, कानूनका विद्यार्थी अविनेश अधिकारी लगायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर संयुक्त रुपमा रिट दर्ता गरेका हुन् ।

रिट दर्तापछि अधिवक्ता सागर बरालले संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक मानेको भए पनि संविधानअनुरूप विधेयकलाई प्रमाणीकरण नगरी संविधानको उल्लंघन गरेको बताए । उनले राष्ट्रपति भण्डारीले संवैधानिक ‘कू’ गरेकाले प्रमाणिकरणका लागि परमादेश माग गर्दै अदालतमा रिट दायर गरिएको बताए ।

रिटमा राष्ट्रपतिको नाममा संविधानको धारा १३३(२)(३) बमोजिम परमादेशको आदेश जारी गरिपाऊँ भनी माग गरिएको छ । रिटको पेसी शुक्रबारलाई तोकिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर