सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईको भर्ना खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र सहायक निरीक्षक (असई) का लागि भर्ना खुलाएको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार गोरखापपत्र दैनिकमा सार्वजनिक सूचना निकाल्दै ७९ इन्सपेक्टर र ८३ असई मागेको हो । जसमा इन्स्पेक्टर ७१ साधारण खुला र ८ जना कानून उपसमूहमा माग गरिएको हो ।

यस्तै ८३ जना असई भने सबै साधारण उपसमूहमा माग गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आजदेखि ६ कात्तिकभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर