एसएसपी पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदूर खड्काको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि थापाले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाहका लागि थापालाई प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र मुख्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *