राष्ट्रपतिविरुद्धका रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा दर्ता भएका पाँचवटा रिटमा शुक्रबार सुनुवाइ हुँदैछ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गर्दै दर्ता भएका रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।
अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले बिहीबार छुट्टाछुट्टै रिट दर्ता गरेका थिए।

राष्ट्रपति भण्डारीले संवैधानिक बाध्यताका बाबजुद संघीय संसद्का दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर