मध्यपुर ठिमीमा मापदण्डविपरीत सञ्चालन गरिएका नौवटा मासु पसललाई जरिवाना

भक्तपुुरको मध्यपुर ठिमी नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालन गरिएका नौवटा मासु पसललाई जिल्ला प्रशासनले जरिवाना तिराएको छ।

शुक्रबार अनुगमन गरिएका दशमध्ये नौवटा पसल मापदण्ड पालना नगरी सञ्चालन गरेको भेटिएपछि जरिवना तिराइएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। मापदणडविपरीतका नाैवटा पसललाई ६७ हजार रुपैयाँ जरिवाना तिराइएकाे छ।

कारबाहीमा परेका पसलमध्ये सिद्धिकाली मिट फ्रेश सेन्टरलाई २० हजार, सिद्धकाली मिट सप्लायर्स र बालकारी बफेलो सप्लायर्सलाई १०/१० हजार रुपैयाँ दरले जरिवाना तिराइएको छ।

यस्तै लक्ष्मी खड्गी पसल, विनोद खड्गी पसल, बुद्धिबहादुर खड्गी (रमेश खड्गी)को पसल र अरनिको फ्रेश हाउसलाई ५/५ हजार तथा दिलकाजी मासु पसललाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ।

कैफियत भेटिएका पसलहरूलाई व्यवसाय सञ्चालन मापदण्ड पालना गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

उनका अनुसार साउनदेखि असोज ७ गतेसम्मम ६५ वटा पसल तथा फर्महरूको अनुगमन गरी मापदण्ड पालना नगरेका पसललाई ४ लाख १६ हजार रुपैयाँ जरिवना तिराइएको छ। यस्तै ११ लाख बराबरको गुणस्तरहीन खाद्यान्नलगायतका सामान जफत गरी नष्ट गरिएको छ।

जिल्ला प्रशासनको अगुवाइमा मध्यपुर ठिमी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, भक्तपुर उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, घरेलुु तथा साना उद्योग संघलगायत संस्थाका प्रतिनिधिको उपस्थितिमा बजार अनुगमन भइरहेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर