धनुषाको साविक चक्कर गाविसका तत्कालीन सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनी रूपमा नौ लाख ७६ हजार नौ सय रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनी रूपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *