
धनुषामा १९ किलो चाँदीसहित सशस्त्र प्रहरीले समात्यो भारतीय नागरिक


धनुषा जिल्लाको नगराईन नगरपालिका–२ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिब १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदैं गरेका झालाई बीओपी जटहीले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो मूल्य बराबरको १९ के.जी. ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया