कुमारी बैंकसँग गाभिँदै एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक र कुमारी बैंक मर्ज हुने भएका छन्। सोमबार मेरियट होटल आयोजित कार्यक्रममा मर्जरमा जानका लागि समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन्।

एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन्। शेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरूमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइनेछ। कुमारीलाई पनि यो योजना ल्याइँदैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *