ललितपुरमा दुई दिने ‘बोर्न विथ प्राइड’ सम्मेलन सुरु

फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रीडम (एफएनएफ)को दक्षिण एशिया क्षेत्रीय कार्यालयले काठमाडौंस्थित संघीय गणतन्त्र जर्मनीको दूतावास, समृद्धि फाउन्डेसन र जर्मन नेपाल मैत्री संघसँगको सहकार्यमा आयोजना गरेको दुई दिने ‘बोर्न विथ प्राइड’ सम्मेलन मंगलबारदेखि होटल हिमालय, ललितपुरमा सुरु भएको छ।

सम्मेलनमा लेस्बियन, समलिङ्गी, उभयलिङ्गी, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स र एसेक्सुअल समुदाय, राजनीतिज्ञ, शिक्षाविद्, वकिल र नागरिक समाजका धेरै सरोकारवालाहरू सहभागी छन्। सात दक्षिण एशियाली देशहरूका साथै युरोप र तिब्बती समुदायका २१ वक्ताहरू र १०० जनाभन्दा बढी सरोकारवालाहरू सहभागी छन्। सहभागीहरूको उच्च संख्याले मुद्दाको महत्त्व र समुदायमा यस मुद्दाबारे थप जान्नको लागि ठूलो इच्छा रहेको देखाउने आयोजकले जनाएको छ।

सम्मेलनले नेपाली र युरोपेली गरी सात मुख्य रजिनितिक तथा सामाजिक वक्ताहरूलाई पनि स्वागत गरेको छ। सम्मेलनमा क्वियर इन पावर, क्वियर व्यक्तिका लागि समावेशी डिजिटल स्पेस, कानूनी मान्यताको मुद्दा, मिडियाको भूमिका र नागरिक समाजमा स्वीकृति तथा समावेशीकरणजस्ता विषयमा ५ अन्तरक्रियात्मक सत्रहरू छन्।

सम्मेलनमा बोल्दै एफएनएफ क्षेत्रीय कार्यालय दक्षिण एशियाका प्रमुख डा. कार्स्टन क्लेनले भने, “यस्ता अवसरहरूले असमानता र भेदभावहरू समाधान गर्न स्वस्थ संवाद, नेटवर्क र एकसाथ आउनको लागि अवसर प्रदान गर्दछ।”

पूर्व शहरी विकासमन्त्री एवं प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै समतामूलक अधिकारको प्रवर्द्धन र संरक्षणको साझा लक्ष्य हासिल गर्न राजनीतिक र नागरिक समाजको अभिमुखीकरण आवश्यक रहेको बताइन्। झाँक्रीले भनिन्, “हाम्रो पार्टीले आगामी संघीय र प्रादेशिक निर्वाचनमा यस समुदायबाट दुई जना समावेशी उम्मेदवार मनोनयन गरेको छ र उनीहरूलाई आगामी प्रतिनिधि सभामा ल्याउन हामी कटिबद्ध छौं।”

अष्ट्रियाका संसद् सदस्य यानिक शेट्टीले भेदभावको निन्दा गर्ने मूल्यमा आधारित विदेश नीतिको आवश्यकतालाई जोड दिए।

कार्यक्रममा जर्मन बुन्देस्तागका संसद सदस्य जुर्गेन लेन्द्र्स, अल्का खनाल (जर्मन–नेपाल मैत्री संघ), जर्मनी दूतावास काठमाडौंकी कन्सुलर र प्रशासन प्रमुख साब्रिना श्मिट–कोस्चेला, नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जलगायत पनि सहभागी छन्।

सम्मेलनअघि अनलाइनमा आयोजना गरिएको बोर्न विथ प्राइड दृश्य–कला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरणसँगै दुई दिने कार्यक्रमको समापन बुधबार हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर