
सावित्री कंचनजंगा अगरबत्तीको सहयोगमा हिन्दू संस्कृति परिषद्को स्मारिका विमोचन


सावित्री कंचनजंगा अगरबत्तीको प्रमुख सहयोगमा माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आफ्नो पहिलो शक्ति दर्शन स्मारिका विमोचन गरेको छ। उक्त स्मारिका विमोचन कार्यक्रममा पूर्व उपसभामुख तथा पूर्व शिक्षामन्त्री चित्रलेखा यादव प्रमुख अतिथि थिइन्।
माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद् एउटा परोपकारी गैरनाफामूलक सामाजिक संस्था हो। यस संस्थाले पशुपतिनाथ मन्दिर क्षेत्रमा हिन्दू धर्मको संरक्षण तथा धर्म प्रचारप्रसार र पशुपतिनाथ क्षेत्रलाई धार्मिक तीर्थाटनको माध्यमबाट धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यका साथ विगत १५ वर्षदेखि हरेक वर्ष बड दशैंको अवसरमा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म बृहत् ढंगबाट दुर्गा पूजाको आयोजना गर्दै नवरात्री महामहोत्सव मनाउदै आइरहेको छ।
प्रतिक्रिया