रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरूले स्वस्तिवाचन र शंखघोषससमेत गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर