पोखरामा टिपर चोरी गरेको आरोपमा पक्राउ

पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा सोही महानगरपालिका–१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१ सिमपानीबाट उनलाई टिपरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर