बैंकहरूले दशैं बिदामा स्थायी तरलता सुविधाको सापटी चुक्ता गर्नु नपर्ने

नेपाल राष्ट्र बैंकले दशैं बिदामा स्थायी तरलता सुविधाको सापटी तिर्नु नपर्ने व्यवस्था गरेको छ। बिहीबार एक सूचना जारी गर्दै बैंकले स्थायी तरलता सुविधाको भुक्तानी अवधि लम्ब्याएको जनाएको हो।

नेपाल राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधाका रूपमा सात दिनका लागि यस्तो सुविधा उपलब्ध हुने गर्छ । तर, केन्द्रीय बैंकले ७ दिनभन्दा बढी सार्वजानिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात कार्यलय खुल्ने दिनसम्मको लागि कायम गर्न बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको हो।

दशैंमा ७ दिनभन्दा बढी सार्वजानिक बिदा परेकाले पनि केन्द्रीय बैंकले बिदाको समयमा उक्त सापटी फिर्ता गर्नु नपर्ने व्यवस्था गरेको हो। यसले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही सहज हुनेछ।

हेर्नुहाेस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर