पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई सरकारको सम्मान

नेपाललाई पर्यटकमैत्री तथा सुरक्षित पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सरकारले पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई सम्मान गरेको छ।

४३औं विश्व पर्यटन दिवसको अवसरमा मंगलबार नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा कदरपत्रसहित कार्यालयलाई सम्मान गरिएकाे हाे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, पर्यटन विभागका प्रमुख होमप्रसाद लुईंटेल र पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *