सन्दीप लामिछाने बिहीबार नेपाल फर्किने

नाबालिका बालत्कारको आरोप लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार नेपाल आउने बताएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा आफू निर्देष भएको दावी गर्दै लामिछानेले कानून लडाई लड्नका लागि बिहीबार नेपाल आउन लागेको बताएका छन् । नेपाल फर्केपछि सरकारी अधिकारीहरु समक्ष आफूले आत्मसमर्पण गर्ने पनि बताएका छन् ।
‘झुठो आरोपविरुद्ध कानुनी संघर्षका लागि ठूलो आशा र विश्वासका साथ म २०२२ अक्टोबर ६ का दिन स्वदेश फर्किदै छु र आफूलाई नेपाली अधिकारीहरु समक्ष समर्पित गर्नेछु’ फेसबुकमा उनले भनेका छन् ‘म निर्दोष रहेको छु र नेपालको न्याय प्रणाली प्रति विश्वास रहेको पनि दोहोर्‍याउन चाहान्छु ।’
उनले कानून कार्यान्वयन गर्ने निकाय तथा अदालतमा आफूमाथि लागेका आरोपहरुमा निष्पक्ष छानविन चल्ने र चाँडै न्याय पाउनेमा विश्वास रहेको बताएका छन् । आफ्नो प्रशंसकहरुलाई आफू निर्दोष रहेको र आफूले कुनै गल्ती नगरेको बताएका उनले बताएका छन् ।
एक १७ वर्षिया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ । क्यारेबियन प्रिमियर लिग लेख्न गएका लामिछाने नेपाल फर्किने भनै जमैकाबाट थिए । नेपाल नफर्की उनी लुकेर बसेका छन् । नेपालले लामिछानेविरुद्ध पक्राउ गर्न लुक आउट नोटिस समेत जारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर